• शनिबार, २२ बैशाख, २०८१
  • 1685816100
×

ओलीले भने- नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्छ

  • आइतबार, २१ जेठ, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसद्को अवरोध हट्ने बताएका छन्।

संघीय संसद् भवनबाट बाहिरिने क्रममा आइतबार अध्यक्ष ओलीले तत्कालै संसद अवरोध नहट्ने संकेत गरेका हुन्।
‘तपाईंले भनेको ठीक हो, राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरुद्ध हट्छ,’ सञ्चारकर्मीमाझ उनले भने।

नेकपा (एमाले)ले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको रिहाइलगायतका विषयमा विरोध जनाउँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अवरूद्ध गरेको थियो।

‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौं, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसदमा दर्ता होस्। रातदिन छलफल गरौँला। तर, त्यस्तो हुन सकेन,’ एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको आजको बैठकमा भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ।’

एमालेले भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग लिम्पियाधुरा–लिपुलेकसहितको नेपाली भूभाग साटफेर गर्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जवाफ मागेको छ।

प्रधानमन्त्रीले अभिव्यक्तिप्रति माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पनि नागरिकता विधेयक प्रमाणीकरणप्रति विमति राख्दै संसद अवरूद्ध तुल्याए।

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ : अर्थमन्त्री महत

activekhabar

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् । अर्थमन्त्री महतले आव २०८०-०८१...

सोमबार, २९ जेठ, २०८०

कर्णालीको नीति तथा कार्यक्रम : वार्षिक १० हजारलाई रोजगारी

activekhabar

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक...

आइतबार, २१ जेठ, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ताहरु

activekhabar

 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले वकालतनामा लेखाएको छ । जिल्ला...

आइतबार, २१ जेठ, २०८०

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी

activekhabar

काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक...

आइतबार, २१ जेठ, २०८०

सर्वोच्चको अल्पकालीन आदेशले रोक्यो संशोधित नागरिकता ऐनको कार्यान्वयन

activekhabar

काठमाडौं ।  सर्वोच्च अदालतले नागरिकता ऐन तत्कालका लागि कार्यान्वयन नगर्न र यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा. मनोजकुमार शर्माको...

आइतबार, २१ जेठ, २०८०