• शनिबार, २२ बैशाख, २०८१
  • 1687025700
×

वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे

  • आइतबार, ३ असार, २०८०

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो । विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको संख्यामा कमी आएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७७-७८ र आर्थिक वर्ष २०७६-७७ मा राहदानी बनाउने घटेका छन् ।
 
आर्थिक वर्ष २०७७-७८ मा तीन हजार ६२९ वटा राहदानी वितरण भएका छन् भने ५२६ वटा द्रुत सेवाका राहदानी सिफारिस भएका छन् । यो संख्या आर्थिक वर्ष २०७५-७६ को भन्दा तीन हजार दुईले कमी हो भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा एक हजार ५४८ ले कमी हो ।