• शनिबार, २२ बैशाख, २०८१
  • 1687025700
×

आँखा उपचारमा ॐ हस्पिटल र दृष्टि आइ केयरबीच सहकार्य

  • आइतबार, ३ असार, २०८०

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले स्तरीय आँखा उपचार सेवाका लागि दृष्टि आइ केयर सिस्टमसँग सहकार्य गरेको छ । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरी सेवा विस्तार तथा स्तरोन्नतिका लागि तयार सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको हो । 

 

 

 

सम्झौता अनुसार २०८० साल असार १ गते शुक्रवार देखी दृष्टि आइ केयर सिस्टमका चिकित्सकहरू सहितको टोलीले सेवा आरम्भ समेत गरेको छ । सेवा बिहान ९ बजे देखि साँझ ६ बजेसम्म उपलब्ध हुने ॐ हस्पिटलद्वारा प्रेषित समाचारमा जनाइएको छ । सम्झौता कार्यक्रममा शुभकामना दिनुहुँदै ॐ हस्पिटल सञ्चालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले नेपालमा निजी क्षेत्रबाट स्वास्थ्य उपचारमा तीन दशक देखि अग्रणी भूमिका निभाउँदै आएको ॐ हस्पिटलको सुलभ मूल्यमा स्तरीय उपचार सेवा प्रदान गर्दै आएको र सबै किसिमका उपचार सेवा प्रदान गर्दै आएको र आँखा उपचार सेवा पनि सुरु गरेको स्मरण गर्दै समय सापेक्ष स्तरोन्नति गर्ने योजना अनुरूप दृष्टिको सफलता र विशेषज्ञ चिकित्सकहरू सहितको अभियानमा सहकार्य गरेको जिकिर गरे ।