• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

६७ जिल्लामा मिटरब्याजी पीडित, कुन जिल्लामा कति ?

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् ।

मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन् ।

आयोगका सदस्य एवं एवं महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै तीन हजार ३२२ निवेदन परेको बताए।

उनका अनुसार पर्सामा एक हजार ३२१, रौतहटमा दुई हजार ५८, सर्लाहीमा एक हजार ९२०, महोत्तरीमा दुई हजार ३३६, धनुषामा दुई हजार ६१५, सिराहामा दुई हजार ९२० र सप्तरीमा एक हजार ५७९ वटा निवेदन परेका छन् । उनले भने, “पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन् । १६ हजारको तथ्याङ्क इन्ट्री भइसकेको छ । केही मुद्दामा मिलापत्र पनि भएको छ । निवेदनलाई वर्गीकरण गरिएको छ । अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिने छ।” सदस्य अर्यालका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्लामा कार्यदल गठन गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण

activekhabar

काठमाडौं : यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सोमबार, २९ जेठ, २०८०

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन

activekhabar

काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित...

सोमबार, २९ जेठ, २०८०

आज बाल श्रम विरुद्धको दिवस मनाईंदै

activekhabar

काठमाडौं। आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले जुन...

सोमबार, २९ जेठ, २०८०

त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो

activekhabar

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई...

सोमबार, २९ जेठ, २०८०

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता, खोजी चल्दै

activekhabar

काठमाण्डौं।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका–३ हर्दी केलादीमा रहेको कालीगण्डकी नदीमा...

सोमबार, २९ जेठ, २०८०