१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै
- सोमबार, २९ जेठ, २०८०
काठमाडौ । १२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन ।
यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए । ‘विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो’, उनले भने, ‘तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।’
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उनले बताए । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो । २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ ।
दीक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन् । यसपटक २०७७ सम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
त्यसमा पनि विश्वविद्यालय टपरमध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेलाई मञ्चमै बोलाइन्छ भने अन्य ‘ग्रयाजुएट’ लाई ‘फलोर’ मा राखिन्छ । त्यसपछि प्रधानमन्त्री तथा कुलपतिले दीक्षामन्त्र ग्रहणसमेत गराउनुहुन्छ भने प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक विनयकुमार पोखरेलले बताए । त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दीक्षित भएको भनी अन्तर्राष्ट्रिय मान्यता पाउन सहज हुने उनको भनाइ छ ।
यस वर्ष लामो समयपछि दीक्षान्त समारोह गरिएको भए पनि अब भने नियमित गर्ने गरी तयारी गरेको उपप्रशासक पोखरेलले बताए । ‘प्रत्येक वर्ष गर्नुपर्ने दीक्षान्त समारोह लामो समयपछि हुन लागेको छ’, उनले भने, ‘यसपछि भने हामी नियमित प्रत्येक वर्ष समारोह गर्ने गरी प्रणालीको विकास गर्न लागेका छौँ ।’
विश्वविद्यालय अब ‘सिस्टम’ मा चल्ने भन्दै अब प्रत्येक वर्ष यो समारोह आयोजना गर्ने तयारी गरिएको उनको भनाइ छ । प्रधानमन्त्री तथा कुलपति आउने भएपछि तयारीलाई तीव्र पारिएको छ । विश्वविद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएकाले त्यहाँ सडक कालोपत्रे गर्न लागिएको उपप्रशासक पोखरेलले बताउनुभयो । त्यसका लागि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयबाट १० लाख बजेट आएको उनले बताए । त्यही बजेटबाट त्यहाँ कालोपत्रे गर्ने काम अघि बढेको छ । विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।
शिक्षकहरूको आन्दोलन
काठमाडौं : सेवा सुरक्षा र पारिश्रमिक नियमित पाउनुपर्ने मागसहित राजधानीकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक कर्मचारी हरू बिहीबार पनि विरोध प्रदर्शन गरेका छन्। उनीहरु भद्रकालीबाट माइतीघरमा...
बिहीबार, ३२ जेठ, २०८०दाङमा गर्मीका कारण विद्यालय बन्द
दाङ । दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो । तुलसीपुर क्षेत्रका सामुदायिक...
सोमबार, २९ जेठ, २०८०नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह
काठमाडौ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको वर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक...
सोमबार, २९ जेठ, २०८०एसईईको नतिजा नआइ कक्षा ११ को भर्ना नगर्न काठमाडौं महानगरको परिपत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईइर्)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई...
सोमबार, २९ जेठ, २०८०-
संसद्को अवरोध हटाउन सिंहदरबारमा छलफल, शीर्ष नेता सहभागी
-
सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो
-
वैदेशिक राेजगारीमा जानेकाे संख्या घट्याे, काेभिड घटेसँगै राहदानी बनाउने बढे
-
आँखा उपचारमा ॐ हस्पिटल र दृष्टि आइ केयरबीच सहकार्य
-
शिक्षकहरूको आन्दोलन
-
सहकारीमाथि अनुसन्धान धान्नै नसक्ने गरी उजुरीको चाप बढेको छ : एआइजी बज्राचार्य
-
बागमती प्रदेशमा नीति तथा कार्यक्रम बहुमतले स्वीकृत
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित