• शनिबार, ५ जेठ, २०८१
  • 1686507300
×

दाङमा गर्मीका कारण विद्यालय बन्द

  • सोमबार, २९ जेठ, २०८०

दाङ । दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो ।  

तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएको छ ।

गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।

तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।

घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हो। 

शिक्षकहरूको आन्दोलन

activekhabar

काठमाडौं : सेवा सुरक्षा र पारिश्रमिक नियमित पाउनुपर्ने मागसहित राजधानीकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक कर्मचारी हरू बिहीबार पनि विरोध प्रदर्शन गरेका  छन्।   उनीहरु भद्रकालीबाट माइतीघरमा...

बिहीबार, ३२ जेठ, २०८०

१२ वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

activekhabar

काठमाडौ । १२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो ।...

सोमबार, २९ जेठ, २०८०

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न आग्रह

activekhabar

काठमाडौ । लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको वर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक...

सोमबार, २९ जेठ, २०८०

एसईईको नतिजा नआइ कक्षा ११ को भर्ना नगर्न काठमाडौं महानगरको परिपत्र

activekhabar

काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईइर्)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई...

सोमबार, २९ जेठ, २०८०