• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

गायक सुरज भन्छन्- मासिक सय रूपैयाँ शुल्क तिर्न नसकेपछि स्कुल फेरेँ

  • सोमबार, २९ जेठ, २०८०

'कर्णाली आफैंमा सुन हो, हिरा हो भन्छन् हाम्रा नेताहरू। अब हामीले गहना बनाउनुपर्छ...।'

गायक सुरज पण्डित शुक्रबार साँझ पोखरामा सांगीतिक प्रस्तुति दिएर मञ्चबाट बाहिरिँदै थिए। कर्णालीका व्यथा सुनाउँदै मञ्चबाट बिदा लिएका सुरजलाई दर्शकले ओझेल पर्न दिएनन्। मञ्चमा बोलिएको माइकको आवाजभन्दा चर्को स्वरमा 'रेलको बाटो' बोलको गीत फेरि गाउन 'हुटिङ' गरिराखे।

दर्शकको हुटिङका बाबजुद युवा व्यवसायी सिरोज विजय कोइरालाले मञ्चबाट कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले हुम्लाको शिक्षाका लागि दस हजार रूपैयाँ सहयोग दिएको उद्घोष गरे। उनको उद्घोषलाई धन्यवाद दिएर फेरि दर्शकले सुरजलाई रेलको बाटो गीत गाउन 'वान्स मोर' भनिरहे।

दर्शकले लगातार माग गरेपछि सुरजले फेरि रेलको बाटो गीत गाए। फेरि उत्तिकै ताली पाए।

हुम्लाका विद्यार्थीलाई सहयोगार्थ पोखरामा शुक्रबार साँझ 'एजुकेट नेपाल प्रोजेक्ट' र 'कर्मा फ्लाइट्स फाउन्डेसन' ले सांगीतिक साँझ आयोजना गरेको थियो। सांगीतिक साँझमा गायक सुरज पण्डितसँगै गायक विनोद वानिया, सिडी विजय अधिकारी, सन्तोष बस्याल र अदिती शर्माले प्रस्तुति दिएका थिए। कार्यक्रममा हाँस्यकलाकार दीपक थापा र मोडल रोहण नेपालीको पनि प्रस्तुति थियो।

यसअघि रूकुमका विद्यार्थीलाई शौक्षिक सामाग्री सहयोग गरेपछि हुम्लाका विद्यार्थीलाई सहयोग गर्न सांगीतिक साँझ आयोजना गरेको एजुकेट नेपाल प्रोजेक्टका सोभित खाँणले बताए।

मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेसनलका विजेता घोषित

activekhabar

काठमाडौं । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेसनल २०२३’ का विजेता घोषित भएका छन् । किड्स स्टार इन्टरनेसनल मिस्टरतर्फ ग्रुप...

सोमबार, २९ जेठ, २०८०

एआई तस्वीरमा सेलिब्रिटी मोह : पोस्टर डिजाइन र भीएफएक्समा हुन सक्छ चुनौती

activekhabar

काठमाडौं । चर्चित नेपाली सेलिब्रिटीहरु यतिबेला सामाजिक सञ्जालमा धमाधम एआई भनिने आर्टिफिसियल इन्टिलिजेन्स (कृत्रिम बौद्धिकता)ले तयार पारेका तस्वीर सेयर गरिरहेका...

सोमबार, २९ जेठ, २०८०

शाहरुखसँगै मन्नत अगाडि नाचेर ३०० फ्यानले रचे विश्व कीर्तिमान

activekhabar

काठमाडौं । शाहरुख खान र यशराज फिल्म्सको फिल्म ‘पठान’ आगामी आइतबारदेखि टेलिभिजनमा प्रिमियर हुँदैछ । यही सन्दर्भमा फ्यानले उनको निवास...

सोमबार, २९ जेठ, २०८०

रणवीर कपूरको फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक

activekhabar

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' को प्रि-टिजर सार्वजनिक भएको छ।  आइतबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको प्रि-टिजर सार्वजनिक गरिएको हो। ५०...

सोमबार, २९ जेठ, २०८०

२५ सेकेन्डको विज्ञापन खेल्न जुनियर एनटिआरले लिए ८ करोड!

activekhabar

दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर यतिबेला चर्चामा छन्। 'आरआरआर' प्रदर्शन भएपछि उनको चर्चा बढ्दोक्रममा छ। उनलाई फिल्ममा मात्र नभई ब्रान्ड एम्बेसडरको पनि...

सोमबार, २९ जेठ, २०८०