• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित गरेको भन्दै माइतीघरमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागी वीरगञ्जका उत्तमकुमारले नागरिकता पाउने संवैधानिक अधिकारबाट आफूहरु बन्चित भएको बताए । विदेशी नागरिकहरुले सजिलै नागरिकता पाइरहेको तर आफ्नी छोरीले नागरिकता नपाएको उनले बताए । आफ्नो र आफ्नी श्रीमतीको जन्मसिद्धको नागरिकता भए पनि छोरीलाई नागरिकता नदिइएको उनको गुनासो छ ।

प्रचण्ड नेतृत्वको अहिलेको सरकारको सिफारिसमा नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसके पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण कार्यान्वयनमा आउन बाँकी छ । उत्तम कुमारले न्यायालय र कानुन व्यवसायीहरुप्रति पनि आक्रोश पोखे ।

विद्यादेवी भण्डारीले दुई-दुई पटकसम्म नागरिकता विधेयक प्रमाणीकरण नगर्दा कानुन व्यवसायीहरु कहाँ थिए ?’ उनले भने ।

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण

activekhabar

काठमाडौं : यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सोमबार, २९ जेठ, २०८०

६७ जिल्लामा मिटरब्याजी पीडित, कुन जिल्लामा कति ?

activekhabar

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी...

सोमबार, २९ जेठ, २०८०

आज बाल श्रम विरुद्धको दिवस मनाईंदै

activekhabar

काठमाडौं। आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले जुन...

सोमबार, २९ जेठ, २०८०

त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो

activekhabar

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई...

सोमबार, २९ जेठ, २०८०

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता, खोजी चल्दै

activekhabar

काठमाण्डौं।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका–३ हर्दी केलादीमा रहेको कालीगण्डकी नदीमा...

सोमबार, २९ जेठ, २०८०