• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

आज बाल श्रम विरुद्धको दिवस मनाईंदै

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौं। आज बाल श्रम विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले बालबालिकालाई बाल्यअवस्था, उनीहरुको सम्भावना र मर्यादाबाट वञ्चित गर्ने काम जुन शारीरिक र मानसिक स्वास्थ्यका लागि हानिकारक छ, त्यसलाई बालश्रमको रुपमा परिभाषित गरेको छ 

कुनै पनि प्रकारको काम जसले बालबालिकालाई विद्यालय शिक्षा लिन रोक्छ भने त्यो पनि बाल श्रम हो । नेपालले बाल श्रम रोक्न तथा समग्र बाल अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि बाल अधिकार सम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ महासन्धि र निकृष्ट प्रकारको बाल श्रम उन्मूलन सम्बन्धी महासन्धि अनुमोदन समेत गरेको छ ।

नेपालमा अझै पनि डेढ लाखभन्दा धेरै बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेका विभिन्न तथ्याङ्कले देखाएको छ । यसले बालश्रम रोक्न चुनौतीपूर्ण रहेको देखाएको सरोकारवाला निकायले बताएका छन् ।

यस वर्ष विपदबाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण

activekhabar

काठमाडौं : यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सोमबार, २९ जेठ, २०८०

६७ जिल्लामा मिटरब्याजी पीडित, कुन जिल्लामा कति ?

activekhabar

काठमाडौं । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी...

सोमबार, २९ जेठ, २०८०

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन

activekhabar

काठमाडौं । नागरिकताको माग गर्नेहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । सरकारले जन्मसिद्ध नागरिकता भएकाका सन्तानलाई पनि नागरिकताबाट बन्चित...

सोमबार, २९ जेठ, २०८०

त्रिभुवन विमानस्थलबाहिर गोली चल्यो

activekhabar

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई...

सोमबार, २९ जेठ, २०८०

कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता, खोजी चल्दै

activekhabar

काठमाण्डौं।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका–३ हर्दी केलादीमा रहेको कालीगण्डकी नदीमा...

सोमबार, २९ जेठ, २०८०