• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

साहित्य कलाश्री पुरस्कार नयाँघरेलाई

  • सोमबार, २९ जेठ, २०८०

झापा । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा सम्पन्न उक्त कार्यक्रममा ७ जना स्रष्टाहरू पुरस्कृत भएका थिए ।

 

 

 

साहित्यकार चूडामणि रेग्मी, असम डिगबोइ निवासी साहित्यकार युद्धवीर राना, इलाम निवासी नारी स्रष्टा प्रतिभा पौडेल, धनकुटा निवासी साहित्यकार मुकुन्द प्रयास र सुरुङ्गा झापा निवासी मूर्तिकार हिम्मत नेम्वाङ गरी ५ जना व्यक्तित्वलाई भवानी मिश्र पुरस्कार २०७९ प्रदान गरिएको थियो । 

 

यसैगरी हाल काठमाडौँमा बसोबास गर्दै आएका मदन पुरस्कारले समेत विभूषित भइसकेका चर्चित निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई साहित्य कलाश्री पुरस्कार २०७९ प्रदान गरिएको थियो । झापा गौरादह निवासी, चर्चित गीत गौरादहको बजारैमा माया हाम्रो बस्यो लगायत विभिन्न लोकगीतका सङ्कलक तथा गायक, सीताराम ताजपुरियालाई पनि नगद रु. ३५०००र– दोसल्ला, मायाको चिनो र सम्मानपत्र सहितको तुलसादेवी न्यौपाने स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई, सञ्चारकर्मी चन्द्र भण्डारी, दमक नगरप्रमुख रामकुमार थापा, प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली, पूर्व प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले पूर्वेली स्रष्टा, साहित्य र सिर्जनात्मक गतिबारे चर्चा गरेका थिए ।

साहित्यकार रोदनलाई ‘लीलाध्वज स्रष्टा सम्मान’

activekhabar

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले चिल्ड्रेन मोडल...

सोमबार, २९ जेठ, २०८०

साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि दवाव

activekhabar

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको...

सोमबार, २९ जेठ, २०८०

साहित्यकार शैलेन्द्र कुमार थापाको ‘भोगाइ’ सार्वजनिक

activekhabar

काठमाडौँ । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ कृतिको एक कार्यक्रमका बीच...

सोमबार, २९ जेठ, २०८०