• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

साहित्यकार रोदनलाई ‘लीलाध्वज स्रष्टा सम्मान’

  • सोमबार, २९ जेठ, २०८०

काठमाडौँ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई सम्मान गरेको छ । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित एक कार्यक्रमार्फ श्रेष्ठलाई लीलाध्वज स्रष्टा सम्मान प्रदान गरे । 
सो कार्यक्रमका अतिथिलाई स्वागत गर्दै वरिष्ठ साहित्यकार रामप्रसाद पन्तले भने, “कसैसँग तीतोपीरो नभएको, सबैसँग मिलनसार र नरम व्यक्तित्व हो उहाँ, सबैलाई सिर्जनामा प्रेरणा दिइरहने, साहित्यिक कार्यक्रमहरूमा पनि त्यति नै खट्ने व्यक्ति भएकाले यो सम्मान उचित व्यक्तिलाई भएको छ ।” 

 

 

यस्तै प्रतिष्ठानका अध्यक्ष विजय थापाले आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर आफूले पनि नेपाली साहित्यको श्रीवृद्धि गरेको बताए । “सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ,” उनले भने, “लीलाध्वज थापाको नाम नै ठूलो हो, पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्न पाएकामा मलाई खुसी लागेको छ ।” यसरी सम्मान गर्दा सानोठूलो, कालोगोरो, आफ्नो अर्काको नभनी सबैलाई समान व्यवहार गरेको उनले बताए । 

साहित्य कलाश्री पुरस्कार नयाँघरेलाई

activekhabar

झापा । साहित्य कला सङ्गम दमकले भव्यताका साथ पुरस्कार अर्पण समारोह सम्पन्न गरेको छ । गोरखा डिपार्टमेन्ट स्टोर दमकको सभाकक्षामा...

सोमबार, २९ जेठ, २०८०

साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि दवाव

activekhabar

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार संघले साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको लागि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलाई ज्ञापन पत्र बुझाएको...

सोमबार, २९ जेठ, २०८०

साहित्यकार शैलेन्द्र कुमार थापाको ‘भोगाइ’ सार्वजनिक

activekhabar

काठमाडौँ । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ कृतिको एक कार्यक्रमका बीच...

सोमबार, २९ जेठ, २०८०