• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

संसार बदल्ने त्यो प्रविधी जसको दौडमा छन् अमेरिका–चीन

  • सोमबार, २९ जेठ, २०८०

अमेरिकाको राष्ट्रिय विज्ञान एवं प्राविधिक परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेशन (सिआइसी)को विकासका लागि एउटा नयाँ रणनीति प्रकाशित गरेको थियो । यो खबर केही विशेष मिडियामार्फत सार्वजनिक भएको थियो 

१५ पानाको उक्त रिपोर्टमा डोनल्ड ट्रम्प प्रशासनलाई सिआइसी क्षमताको वृद्धि र विकाशका लागि सिफारिस दिइएको थियो ।

 

यो राणनीतिमा चर्चाका लागि देशका ठूला प्राविधिक कम्पनीहरु, शिक्षाविद्, अधिकारी, वित्तिय कम्पनीलाई ह्वाइट हाउस बोलाइएको थियो । यसमा एल्फाबेट, आइबीएम, जेपी मोर्गन चेन्ज, लकहीड मार्टिन, हनिवेल र नोथ्र्रोप ग्रुमनजस्ता कम्पनी समावेश थिए ।

विज्ञानको यो क्षेत्रमा एक सय १८ योजनामा २४.९ करोड डलर लगानीको प्रस्ताव गरिएको थियो ।

यस्तै, अर्कोतर्फ चीनले पनि यसैमा काम गरेको बताइएको छ ।

चीन सरकारले हेफेईमा नेशनल लेबोरेट्री अफ क्वान्टम इन्फर्मेशन साइन्स विकसित गरिरहेको छ । १० अर्ब अमेरिकी डलरको लागतमा बन्ने यो केन्द्र सन् २०२० देखि सुरु हुने आशा गरिएको छ ।

दुई वर्षअघि मात्र चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्टाटलाइट पनि लञ्च गरेको थियो ।

गत वर्ष चीनियाँ सरकारले जिनानमा एक गोप्य संचार नेटवर्क स्थापित गरेको पनि घोषणा गरेको थियो । सेना, सरकार र नीजि कम्पनीसँग सम्बन्धित अधिकतम दुईसय प्रयोगकर्ताले मात्र यसको प्रयोग गर्न सक्ने बताइएको छ ।

क्वान्टम इन्फर्मेशनको क्षेत्रमा दुई ठूला शक्तिशाली देश प्रतिद्वन्द्वन्दी हुनुले नै यसको महत्व दर्साउँछ । यो प्रविधी यति शक्तिशाली हुनेछ कि संसारलाई परिवर्तन गरिदिने बताइएको छ ।

एनसेलको थ्रिजी सेवा ६३ वटा जिल्लामा

activekhabar

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले थ्रिजी प्रविधीमा आधारित डेटा सेवा ६३ जिल्लामा पुर्याएको छ । एनसेलको मोबाईल डेटा...

सोमबार, २९ जेठ, २०८०

नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

activekhabar

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरेका...

सोमबार, २९ जेठ, २०८०

पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बनाए अचम्म–अचम्मका रोबोट

activekhabar

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यसबर्ष पनि प्रविधी प्रर्दशनको आयोजना गरेका छन् ।        ललितपुरको पुल्चोकस्थित क्याम्पस हातामा १० औं राष्ट्रिय...

सोमबार, २९ जेठ, २०८०

‘एमडीएमएस प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब राजस्व बढ्छ, माेबाइलकाे मूल्य बढ्दैन’

activekhabar

काठमाण्डाै । मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक चार अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् । आइतवार मोबाइल...

सोमबार, २९ जेठ, २०८०