• शनिबार, २२ बैशाख, २०८१
  • 1686507300
×

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत विद्यालय जाने बालबालिका

  • सोमबार, २९ जेठ, २०८०

श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् ।

राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गीका बिरामी भेटिएका छन् । 

श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारलाई सम्बोधन गर्दै निर्देशक अरियारत्नेले विद्यालय तहमा डेङ्गीको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिनुभयो । 

श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा झन्डै ५० प्रतिशत डेङ्गीका बिरामी फेला परेका र सन् २०२३ मा डेङ्गीको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञले व्यक्त गरेका छन् ।

श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गीका बिरामी फेला परेका सरकारी तथ्याङ्कले देखाएको छ ।

रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा

activekhabar

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताउनुभएको छ । अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो...

सोमबार, २९ जेठ, २०८०

जापानले सहर छाडेर ग्रामीण क्षेत्रमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य ७ हजार डलर दिने

activekhabar

जापान सरकारले राजधानी टोकियो सहर छाडेर ग्रामीण भेगमा बसाइँ सर्ने परिवारलाई प्रतिसदस्य १० लाख येन दिने भएको छ । ग्रामीण...

सोमबार, २९ जेठ, २०८०

विश्व फेसनको भव्य मेला आज न्युयोर्कमा, समावेशी फेसनको बहस

activekhabar

काठमाडौं । विश्वकै ठूलो फेसन मेला ‘मेटगाला २०२२’ सोमबारदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । कोरोना महामारीले दुई वर्ष रोकिएको यो...

सोमबार, २९ जेठ, २०८०

स्कटल्याण्डकी पूर्वमन्त्री पक्राउ

activekhabar

इन्डिनबर्ग । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र...

सोमबार, २९ जेठ, २०८०