• शनिबार, २२ बैशाख, २०८१
  • 1685816100
×

‘ए’ डिभिजन लिग फुटबलमा आज चार वटा खेल हुँदै

  • आइतबार, २१ जेठ, २०८०

काठमाण्डौं।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो तीन बजे न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लब खेल्दैछन् ।

एनआरटी २३ खेलमा २९ अङ्ककासाथ १०औँ स्थानमा र हिमालयन शेर्पा २३ खेलमा ३० अङ्ककासाथ आठौँ स्थानमा छन् । दशरथ रङ्गशालामा हुने आजको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र मनाङबीचको खेल बेलुका ६ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स २३ खेलमा २५ अङ्ककासाथ तालिकाको १३औँ स्थानमा र मनाङ समान ३१ अङ्ककासाथ छैटौँ स्थानमा छ । यस्तै, च्यासल मैदानमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । पुलिस २३ खेलमा ३४ अङ्ककासाथ चौथो स्थानमा र मच्छिन्द्र २३ खेलमा ३९ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ ।

आज एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र सङ्कटा क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो ३ बजे हुनेछ । खुमलटार २३ खेलमा २४ अङ्कका साथ तालिकाको पुछारमा छ । सङ्कटा समान २३ खेलमा २७ अङ्क जोडेर १२औँ स्थानमा रहेको छ ।

नेपाललाई भारत र पाकिस्तानसँग खेल्ने अवसर

activekhabar

नेपाली महिला क्रिकेट टिमलाई वुमन्स इमर्जिङ टिम्स एसिया कप खेल्ने प्रस्ताव आएको छ।  जेठ २९ गतेदेखि हङकङमा हुने प्रतियोगितामा सहभागिताका लागि...

बिहीबार, २५ जेठ, २०८०